Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रेसिडेन्ट ट्राभल एण्ड टुर्समार्फत हर्ट्जको सेवा नेपालमा

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– विदेशमा ख्याती प्राप्त ‘हर्ट्ज’ले नेपालमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ ।

नेपालमा सेवा विस्तार गर्न ‘हर्ट्ज’ले प्रेसिडेन्ट ट्राभल एण्ड टूर्स लिमिटेडलाई आधिकारिक रुपमा प्रतिनिधि नियुक्त गरेको छ ।

मलेसियन एयरलाइन्स, रेल युरोप र सीडब्लूटी कम्पनीसँग सहकार्यमा नेपालीहरुलाई विदेश भ्रमण गराउँदै आएको ट्राभल एण्ड टुर्सले पछिल्लो समय हर्ट्ज, थ्रीफिफ्टी, डलर र एस लगायतका ब्राण्डहरुसँग सहकार्य गरेको हो । 

‘हर्ट्ज’सँगको सहकार्यपछि नेपालीहरुले विदेश भ्रमण गर्दा गाडी भाडा लिनेलगायतका अनय सुविधा प्रयोग गर्न सक्ने प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले जनाएको छ ।  

हर्ट्जका एसिया प्रशान्त उपाध्यक्ष इयोन म्याकनिलले भने ‘अन्तर्राष्ट्रिय हवाई यातायात संघको मान्यता प्राप्त प्रेसिडेन्ट ट्राभल एण्ड टूर्ससँगको सहकार्यले यस क्षेत्रमा भरपर्दो सेवा र व्यवसाय विस्तारमा सहयोग पुग्ने छ ।’

प्रेसिडेन्ट ग्रुप अफ कम्पनीज्का प्रबन्ध निर्देशक भोलाविक्रम थापाले हर्ट्जसँग भएको यो साझेदारीले नयाँ अवसर प्रदान गरेको र यसलाई कार्यान्वयन गर्न आफूहरु तयार रहेको बताए ।

‘हर्ट्जको प्रतिनिधि भएको  काम गर्न पाउँदा उत्साहित छौं, हामीलाई एक प्रतिष्ठित र प्रसिद्ध कम्पनीसँग काम गर्ने अवसर प्राप्त भएको छ । हामी उत्कृष्ट सेवा प्रदान गर्न तथा हर्ट्जसँग सफल साझेदारीको निर्माण गर्न कटिबद्ध छौँ,’ निर्देशक थापाले भने, ‘नेपाली बजारमा हर्ट्जको सेवा उपलब्ध हुँदा यात्रुहरूले सुविधान त पाउने नै छन् साथै छनोटको विकल्प पनि खुला हुने छ ।’

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्