नेभिगेशन
समाचार

नेता भण्डारीको हृदयको चाल सामान्य, आत्तिनु नपर्ने

काठमाडौँ– ग्यास सिलिन्डर विष्फोटपछि उपचारका लागि भारत लगिएका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको अहिले मुम्बईस्थित नेसनल बर्न सेन्टरमा आइसियूमा उपचारत भइरहेको । 

प्रतिनिधिसभाका सांसदसमेत रहेका भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

अस्पतालमै रहेका कांग्रेस नेता माधव न्यौपानेका अनुसार भण्डारीको हृदयको चाल सामान्य रहेको र आत्तिनु नपर्ने उपचारमा संग्लग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।

नेता भण्डारीको आज बिहान साढे १० मा पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने योजना रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘अहिले राति १०ः३० मा डाक्टरहरूको सल्लाहअनुसार शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान १०ः३० मा पहिलो सर्जरी गर्ने र दिउसो १ः३० बजे दोस्रो सर्जरी गर्ने प्लान रहेको छ। उनीहरूका अनुसार सबै हेल्थ पारामिटरहरू नर्मल रहेका छन्,’ न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘हृदयको चाल पनि नर्मल रहेको र आत्तिनु नपर्ने जानकारी रहेको व्यहोरा सबैैमा जानकारी गराउँदछु।’

No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार