धर्मशालामा शंकराचार्यको अन्तर्क्रिया
काठमाडौँ– महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आइपुगेका छन् ।
शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आएको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए । शंकराचार्यलाई कोषका सदस्य सचिव डा। मिलनकुमार थापालगायत कर्मचारीले स्वागत गरे ।
शंकराचार्य निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बसेका छन् । उनको साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शंकराचार्यका अन्तर्राष्ट्रि«य प्रभारी प्रेमचन्द्र झालगायत ७ सदस्यीय समूह छ ।
शंकराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्ने कार्यक्रम छ । दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शंकराचार्य मठमा प्रवचन गर्ने बताइएको छ ।
आजै साँझ उनले धर्मशालामा हुने अन्तक्र्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिने कोषले जनाएको छ ।
शंकराचार्यसँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब ५ हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ ।
पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ ।