Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभ्रेमा राहदानी वितरण सहज

शुक्रबार, फागुन ५, २०७९

धुलिखेल– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण सहज बनाएको छ । 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको हो ।

राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनको भनाइ छ । 

सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ । लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिअ पौडेलको भनाइ छ ।

सेवाग्राही र प्रशासनबीचको दुरी घटाई कार्यमा शीघ्रता ल्याउन राहदानीबाट सुरु गरिएको यो अभियान विस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उनले जनाए । 

‘अब सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने छैन । समय र टोकन  लिई  बुक  गरेको  समयमा  कार्यालयमा  आएर आफ्नो काम गरेर जान सक्नेछन,’ उनले भने । 

कार्य सहजताका लागि वाणिज्य बैंकको काउन्टर बिदाको दिन पनि खोल्ने र सेवाग्राहीले आफूले पाएको समयमा मात्र रकम जम्मा गर्न सकिने कार्यालयले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्