Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँका २ स्वास्थ्य केन्द्र गाभिने

शुक्रबार, फागुन ५, २०७९

तनहुँ– तनहुँको भानु नगरपालिका–२ मा रहेका आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् ।

नगरपालिकाको ११औँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो । 

दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीले जानकारी दिए । 

नगरपालिकाले नयाँ संगठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन, २०७९ स्वीकृत गरेको छ ।

भानु–२ मा गरिबसँग विश्वश्वर कार्यक्रमअन्तर्गत कार्यरत सामाजिक परिचालक जानुका बस्नेतको ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता थप गरेको छ । 

त्यसैगरी, स्वास्थ्यतर्फका ३ प्राविधिक करारका कर्मचारी बन्दना कार्की, पुष्पाञ्जली जोशी र रश्मा पौडेलको सोही तहका अन्य कर्मचारीसरह हुने गरी मासिक पारिश्रमिक २० हजार कायम गरेको छ ।

बेरुजु नियमित गर्ने पारित गरेको छ भने प्रवक्तामा ईश्वरबहादुर घिमिरेलाई तोकेको नगर प्रमुख त्रिपाठीले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्