Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यसम्पादन मूल्यांकनमा भरतपुर उत्कृष्ट

शुक्रबार, फागुन ५, २०७९

चितवन– कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । 

बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०-८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ ।

देशभरिका ६ महानगरपालिकामा भरतपुर उत्कृष्ट भएको हो । 

आयोगले दिएको जानकारी अनुसार भरतपुरले ७२ दशमलव २२ प्रतिशत अंक प्राप्त गरेको छ ।

विराटनगर महानगरपालिकाले ५९ दशमलव २४, ललितपुर महानगरपालिकाले ५८ दशमलव ४३, काठमाडौँ महानगरपालिकाले ५६ दशमलव ५२, वीरगन्ज महानगरपालिकाले ५३ दशमलव २३ र पोखरा महानगरपालिकाले ४८ दशमलव ६६ प्रतिशत अंक पाएका छन् ।

चितवनका ७ स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ७२ दशमलव २२ प्रतिशत अंक पाउँदा राप्ती नगरपालिकाले ७० दशमलव ८८ प्रतिशत, कालिका नगरपालिकाले ५६ दशमलव ७५ प्रतिशत, इच्छाकामना गाउँपालिकाले ५९ दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ५७ दशमलव ६३ प्रतिशत अंक पाएका छन् । 

यस्तै, खैरहनी नगरपालिकाले ५५ दशमलव ८३ प्रतिशत र माडी नगरपालिकाले ६० दशमलव १५ प्रतिशत अंक पाएका छन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताइन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्