Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य  

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा जारी खेलमा स्कटल्यान्डले नेपाललाई २७५ रनको विशाल दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाएको छ ।

स्कटल्याण्डका मिसेल लेस्कले अविजित रहँदै शतकीय पारी खेले । उनले १०७ रन बनाए । 

स्कटल्याण्डले आठौँ ओभरसम्म विकेट गुमाएन । त्यसपछि लगातार विकेट गुमायो । तर, २५ औँ ओभरपछि स्कटल्यान्ड फेरि सम्हालियो र २७५ रनको विशाल लक्ष्य दिन सफल रह्यो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण ३ विकेट लिए । यस्तै, कुशल मल्लले २ तथा कुशल भुर्तेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्