नेभिगेशन
सुरक्षा–अपराध

अभिनेत्री करिश्माले उजुरी दिएका डिल्लीराम पक्राउ

काठमाडौँ– अभिनेत्री करिश्माले मानहानी गरेको आरोप लगाउँदै उजुरी दिएको आधारमा डिल्लीराम खनाल पक्राउ परेका छन् ।

सोही आधारमा खनाललाई आज प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

खनालले एक हप्ताअघि एक युट्युब च्यानलमा अभिनेत्री मानन्धरको चरित्रहत्या हुनेगरी अन्तर्वार्ता दिएका थिए । 

त्यसैलाई आधार बनाएर अभिनेत्री मानन्धरले खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । 

अभिनेत्री मानन्धरको उजुरी दिएपछि खनाललाई पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।

खनाल झापा निवासी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ