Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले ४ विकेट गुमायो

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा स्कटल्याण्डविरुद्ध २७५ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपाललाई चौथो झड्का लागेको छ ।

अघिल्लो खेलमा शतक प्रहार गरेका कुशल भुर्तेल आउट भएका थिए । छिट्टै आउट भए पनि उनले ८ बलमै १७ रन बनाएर विष्फोटक ब्याटिङ गरे ।

तर, कुशलपछि आएका ज्ञानेन्द्र मल्ल पनि चाँडै पवेलियन फर्किए । उनले ३ बलमा ४ रन बनाए ।

आसिफ शेख पनि सस्तैमा आउट भए । १४ बल खेलेका उनले ९ रन बनाए । 

यसैगरी, कप्तान रोहित पौडेल पनि छिट्टै आउट भएका छन् । उनी १० बलमा ६ रन बनाएर आउट भए । नेपालले ९ ओभर चलिरहँदा मा ४ विकेट गुमाएर ६० रन बनाएको छ । 

जारी खेलमा स्कटल्यान्डले दिएको २७५ रनको विशाल लक्ष्य नेपालले पछ्याइरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्