बैंकविरुद्ध व्यवसायी आन्दाेलित [तस्बिर कथा]
काठमाडौँ– सरकारको विभेद तथा बैंक–वित्तीय संस्थाको आतंक भएकाे भन्दै उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी, नयाँ बानेश्वर व्यापार व्यवसायी संघलगायत ९ वटा व्यवसायी महासंघ र ५० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘सम्पूर्ण उद्योगी व्यवसायी एक हौँ’ भन्ने मूल नाराका साथ विरोध प्रदर्शन गरिएको हो ।
माइतीघर मण्डलामा जम्मा भएका व्यवसायीहरू संसद् भवन नयाँ बानेश्वरअगाडि पुगेर सडक प्रदर्शन गरे ।
व्यवसायीहरूप्रति सरकारको विभेद तथा वित्तीय संस्थाको आतंकविरुद्ध विरोध गरिएको सहभागीहरूले जनाएका छन् ।
कार्यक्रममा ‘बैंकिङ ब्याजदरमा एकरूपता कायम गर, अवस्था सामान्य नहुन्जेल धितो लिलामी बन्द गर, कर्जा सेवा शुल्क ०.२५ प्रतिशतभित्र कायम गर, ब्याज प्रिमियम दर बढीमा २ प्रतिशत कायम गर, बैंकिङ सिन्डिकेट बन्द गर’ लगायत नारासमेत लगाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९ १५:३१
प्रतिक्रिया दिनुहोस्