नेभिगेशन
समाचार

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेको बताइएको छ । यसअघि हिजोमात्रै ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

सहमतिविपरीत पछिल्लो समय नेपाली कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै एमालेवित्तमा संशय पैदा भएको छ । यसैबीच दुई शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो ।

भेटमा राष्ट्रपतिको निर्वाचन र सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालकोट स्रोतले जनाएको छ ।

prachanda-oli-balkot11676628045.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार