नेभिगेशन
सुरक्षा–अपराध

ल्होत्से मल लुटपाट आरोपमा थप एक जना पक्राउ

काठमाडौँ–  ल्होत्से मलको मोबाइल पसल लुटपाटमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्ने नुवाकोटको सूर्यगढी गाउँपालिका–४ बारपाटे स्थायी घर भई हाल नेपालटार बस्‍ने २९ वर्षीय सरोज पौडेल पक्राउ परेका हुन् ।

पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बालाजु बसपार्कबाट पक्राउ गरेको हो । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको सिसिटिभि फुटेजमा देखिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ