Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसका प्रमुख सचेतक भन्छन्– १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्छ

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् ।

शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको भन्दै उनले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको आरोप पनि लगाए ।

एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको प्रमुख सचेतक लेखकको भनाई छ । उनले मुल राजनीतिक मुद्दासंघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनमा काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको धारणा राखे । 

एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै लेखकले संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताए ।

प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्