Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेना दिवस : दुलही झैँ सजाइयो जङ्गीअड्डा

भोलि सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास हुने
शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् ।

हरेक वर्षको महाशिवरात्रीका दिन सेना दिवसको कार्यक्रम आयोजना हुने गरेको छ । यही अवसरमा सेनाले जङ्गीअड्डालाई दुलही झैँ सजाएको छ ।

jangi adda nepali sena 11676643380.jpg

शनिबार हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास)  तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्