नेभिगेशन
सिएन ग्यालरी

महाशिवरात्रिको पूर्वसन्ध्या : पशुपतिमा रमझम [फोटो कथा]

काठमाडौँ–भोलि शनिबार हुने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ । 

यस वर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

Shivaratri before cnnepal121676646605.jpg

महाशिवरात्रिको पूर्वसन्ध्यामा  पशुपतिनाथ मन्दिर आसपास दुलही झैँ सजाइएको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

Shivaratri before cnnepal111676646605.jpg

महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाडमध्ये एक हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । 

Shivaratri before cnnepal141676646605.jpg

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । 

Shivaratri before cnnepal11676646603.jpg

Shivaratri before cnnepal71676646604.jpg

Shivaratri before cnnepal91676646604.jpg

Shivaratri before cnnepal101676646604.jpg

Shivaratri before cnnepal41676646603.jpg

Shivaratri before cnnepal31676646603.jpg

Shivaratri before cnnepal21676646603.jpg

Shivaratri before cnnepal11676646603.jpg

Shivaratri before cnnepal51676646603.jpg

Shivaratri before cnnepal61676646603.jpg