Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको आसाममा भीषण आगलागी : २५० पसल जलेर नष्ट

शनिबार, फागुन ६, २०७९

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य आसामको एक बजार मा शुक्रबार भएको भीषण आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन । आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा बिहीबार राति आगलागी भएको हो ।

‘हामीले चोक बजारमा भएको आगलागीमा २४६ पसल जलेर नष्ट भएको जानकारी पाएका छौं, ‘जोरहाटका डेपुटी कमिश्नर पुलक महन्ताले सिन्ह्वालाई  बताएका छन् । अहिले आगो पूर्णतया नियन्त्रणमा आएको र कुनै मानवीय क्षति भने नभएको उनले जनाए ।

अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो ।  प्रारम्भिक अनुसन्धानले एउटा पसलमा सर्ट सर्किट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो ।   

आगलागीका समयमा सबै पसल बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्