लगातार २ खेल जितेको नेपाल आज नामिबियासँग खेल्दै
काठमाडौँ– आइसिसी क्रिकेट श्विकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार २ खेल जितेर उच्च मनोबल बनाएको नेपाल आज तेस्रो खेलमा नामिबियासँग भिड्दै छ ।
खेल नेपाली समयअनुसार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।
जारी सिरिजमा खेलेका दुवै खेल नेपालले जितेको छ । पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा बलियो मानिएको स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्यो । झण्डै ३०० हाराहारी लक्ष्य पनि हासिल गर्दै जित निकालेका नेपालको बनोबल उच्च छ । आज पनि जितकै लागि मैदानमा उत्रने छ । कम्तीमा एकदिवसीय मान्यता जोगाइराख्न पनि नेपाललाई जितको विकल्प छैन ।
क्रिकेट विश्वकप लिग– २ उपाधि स्कटल्यान्डले जितिसकेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९ ०८:२०
प्रतिक्रिया दिनुहोस्