Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयोगले तोकेको स्थानीय तहका जनप्रतिनिधिको जरिवाना सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा माफी मिनाहा

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूको जरिवाना रकम माफी मिनाहा गरेकी छिन् । 

गत फागुन ४ को मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै गरिएको सिफारिसअनुसार नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले हालै एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

फागुन ७ गते , प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारहरूको जरिवाना माफी गरेको बताइएको छ । 

यसअघि, समयमै निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई निर्वाचन आयोगले जरिवाना तोकेको थियो । 

मुलुकभरमा ७५३ स्थानीय तह छन् । जसमध्ये १ लाखभन्दा बढी उम्मेदवारले खर्च विवरण नबुझाएको आयोगको भनाइ छ ।

उनीहरूका लागि निर्वाचन आयोगले २४ अर्ब ६३ करोड ८८ लाख रूपैयाँ जरिवाना तोकेको थियो। तर, सरकारले अहिले मिनाहा गरिदिएको छ ।

No photo description available.


 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्