Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्थाबारे के भन्छन् उपचारमा संलग्न डाक्टर ?

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको शुक्रबार पहिलो शल्यक्रिया सफल भयो । दोस्रो भने सोही हुन सकेन । यसबारे उपचारमा संग्लग्न चिकित्सक डा मुकेशले स्पष्ट पारेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा एकदमै गहिरो इन्जुरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरबेसन पनि कम्तीमा १–२ घण्टा राख्नु पर्ने नियम रहेको कारण दोस्रो शल्यक्रिया शुक्रबार हुन नसकेको जानकारी डा. मुकेशले दिएका छन् ।

‘आज बिहान ६ः३० बजे अर्का चिकित्सक डा धनञ्जयले दिएको जानकारीअनुसार अहिले नेता भण्डारीका सबै पारामिटर सामान्य रहेका छन् । फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको छ । चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र कार्बन मोनोअक्साइड रहेकोले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको अस्पतालमा सँगै रहेका भाइ माधव न्यौपानेले जानकारी गराएका छन्,’ सिवाकोटीले फेसबुकमा लेखेका छन् ।

नेता भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्