नेभिगेशन
समाज विविध

सिन्धुलीको शिद्धबाबा मन्दिरमा भक्तजनको भीड

सिन्धुली  –महाशिवरात्री पूजाका अवसरमा कमलामाई नगरपालिका –४ मा रहेको शिद्धबाबा महादेव मन्दिरमा शनिबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

जिल्लाको सबैभन्दा पुरानो शिद्धबाबा महादेवको स्थान भएकाले हरेक महाशिवरात्रीका अवसरमा सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रामेछाप लगायतका जिल्लाका श्रद्धालु भक्तजनहरू मन्दिरमा पूजाआजा गर्छन् ।

भक्तजनहरूले कमला र गौमती नदीमा स्नान गरी जल समेत लिएर शिद्धबाबा महादेवमा श्रद्धा र भक्तिपूर्वक पुजा आरधना गर्ने प्रचलन छ ।

शिद्धबाबा महादेवको पूजा अर्चना गरे मनले चिताएको कुरा पूरा हुने जनविश्वास छ ।

यस वर्षको महाशिवरात्रीका अवसरमा शिद्धबाबा महादेवको मन्दिरमा करिब ४ लाख श्रद्धालु भक्तजनले दर्शन गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

सिन्धुलीमाडीको च्याउकोट डाँडामा अवस्थित शिद्धबाबा महादेव करिब १८ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर भएकाले सिन्धुली लगायत यस क्षेत्रका बासिन्दाहरूले महाशिवरात्री, रामनवमी लगायतका पर्वहरुमा शिद्धबाबालाई आस्था र विश्वासको रुपमा मान्दै आएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता