Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई पाँचौ सफलता, सन्दीपको नाममा ३ विकेट

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– जारी आइसिसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका छन् । नेपालले पाँचौ सफलता पाउँदा सन्दीपको नाममा ३ विकेट रहेको छ । 

सन्दीपले पहिले र दोस्रो विकेटको रूपमा नामिबियाका दुई ओपनर लो–हान्द्रे लोउरेन्स र कार्ल ब्रिकेनस्टकलाई आउट गराएका छन् ।

यस्तै, तेस्रो नम्बरमा क्रिजमा आएका माइकल भान लिंगन भने रन आउट भएका छन् ।

यसैगरी, कप्तान गेरहार्ड इरास्मसलाई पनि सन्दीपले बोल्डआउट गराएका छन् ।

यस्तै, पाचौँ विकेट करण केसीले लिएका छन् । उनले जान निको लोफ्टी–इटोनलाई पबेलियन फर्काएका हुन् । 

पाँचौ विकेट गुमाउँदा नामिबियाले ३७.३ ओभरमा १३८ रन बनाएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्