नेता भण्डारीको स्वास्थ्यमा सुधार, फोक्सोले आफैँ काम गर्न थाल्यो
काठमाडौँ– खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा घाइते भएर भारतको मुम्बईमा उपचार भइरहेका प्रतिनिधिसभामा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी स्वास्थ्यमा केही सुधार आएको छ ।
उनलाई दिइएको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उनी उपचारत अस्पताल मुम्बईस्थित नेसनल बर्न सेन्टरले जनाएको छ । यसको जानकारी नेता भण्डारीसँगै रहेका उनका आफन्त तथा कांग्रेस कार्यकर्ता माधव न्यौपाने दिएका हुन् ।
अस्पतालका अनुसार नेता भण्डारीको फोक्सोले आफैँ काम गर्न थालेको छ।
बिस्तारै कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमबारबाट भेन्टिलेटर हटाउने चिकित्सकहरूदे जनाएका छन् । हातको जलेको भागले कार्य गर्न थालेकाले शल्यक्रिया गर्न नपर्ने भएको छ ।
बुधबार राति बुद्धनगरस्थित आफ्नै घरमा भएको घटनामा नेता भण्डारीसँग आमा हरिकला भण्डारी पनि घाइते भएकी थिइन् । हरिकलाको भने बिहीबर नै निधन भइसकेको छ ।