नेभिगेशन
समाज विविध

केदारनाथको शिर डोलेश्वरमा दर्शनार्थीको घुइँचो

भक्तपुर –सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शनिबार बिहान देखि नै दर्शनार्थीको घुइँचो लागेको छ । 

महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले बताए । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको उनले जानकारी दिए । 

अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि यस दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । गत वर्ष करिब ५० हजार दर्शनार्थी आएकोमा यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ । 

महाशिवरात्रि पर्वका लागि भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएको उनले जानकारी दिए । यहाँ आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । 

दर्शनका लागि आएका भक्तजनलाई समेत प्रसादी एवं भोजनको व्यवस्था गरिएको छ । जगातीबाट डोलेश्वर जाने यातायातको साधन बिहानदेखि नै जाम भएपछि जगातीबाट डोलेश्वर र सूर्यविनायक चोकबाट डोलेश्वर जाने दुई सडकलाई एकातर्फी गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शनिबार बिहान देखि नै दर्शनार्थीको घुइँचो लागेको छ । 

महाशिवरात्रि पर्वको अवसरमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले बताए । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको उनले जानकारी दिए । 

अरु दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि यस दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । महाशिवरात्रि पर्वमा सहज एवं छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । गत वर्ष करिब ५० हजार दर्शनार्थी आएकोमा यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ । 

महाशिवरात्रि पर्वका लागि भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएको उनले जानकारी दिए । यहाँ आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रुपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । 

दर्शनका लागि आएका भक्तजनलाई समेत प्रसादी एवं भोजनको व्यवस्था गरिएको छ । जगातीबाट डोलेश्वर जाने यातायातको साधन बिहानदेखि नै जाम भएपछि जगातीबाट डोलेश्वर र सूर्यविनायक चोकबाट डोलेश्वर जाने दुई सडकलाई एकातर्फी गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता