Nic Ad Nic Ad
Nic Ad Nic Ad

५० विकेट पूरा गर्ने सन्दीप लामिछाने पहिलो नेपाली बलर

शनिबार, फागुन ६, २०७९

काठमाडौँ –नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ५० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् ।

उनले आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बनेका छन् । लिग २ मा ५० विकेट लिने उनी तेस्रा खेलाडी हुन् ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा ३ विकेट लिएसँगै सन्दीप ५० विकेट लिने तेस्रो खेलाडी बनेका हुन् । सन्दीपले २३ खेलमा ५० विकेट लिएका छन् । 

यसअघि ओमानका विलाल खान ५० विकेट लिने पहिलो बलर हुन् । विलालले ३५ खेलमा ७६ विकेट लिएका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका तीव्र गतिका बलर सौरभ नेत्रवाल छन् । उनले २५ खेलमा ५८ विकेट लिएका छन् ।  

सन्दीपपछि स्कटल्यान्डका मार्क रोवर्ट र ओमानका जेसन मक्सुदले समान ४७ विकेट लिदै चौँथो र पाँचौ स्थानमा छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्