दुर्गा प्रसाईँलाई कारवाही गर्न सिफारिस
काठमाडौँ –नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ ।
शनिबार बसेको एमाले प्रदेश १ कमिटीले प्रसाईँलाई सिफारिस गर्न एमाले केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो । प्रसाईँ एमाले केन्द्रीय सदस्य हुन् ।
उनले पार्टी हितविपरीतका गतिविधि गरेको आरोप लगाइएको छ । प्रसाईँले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई सहभागी गराई झापमा कार्यक्रमको आयोजना गरेका थिए ।
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९ १५:३१
प्रतिक्रिया दिनुहोस्