आईसीसी विश्व क्रिकेट लिग २ : नामिबियाविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौँ –आईसीसी विश्व क्रिकेट लिग २ मा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी रहँदा ७ विकेट गुमाएर पूरा गरेको छ ।
यो जितसँगै यस लिगमा नेपालले खेलेका तीनवटै एकदिवसिय जितेको छ ।
ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । शेख र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।
९८ बलको सामना गरेका शेखले ८ चौका र २ छक्का हाने । आशिफले एकदिवसीय खेलमा छैटौँ अर्धशतक प्रहार गरेका हुन् । ७४ बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का हाने । एक दिवसीयमा नेपालको तर्फबाट ७ अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन् ।
चौथौ विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ९२ रनको साझेदारी गर्दै नेपालाई सहज जित दिलाएका थिए । कुशल ६२ रनमा क्याच आउट भए । विष्फोटक ब्याटिङ गरेका कुशलले ४९ बलमा बलमा ६ चौका र ४ छक्का हाने । कुशलले एकदिवसीयमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । कप्तान रोहित ३९ रनमा आउट भए । उनले ४३ बलमा ५ चौका हाने ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे । नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर पनि बनेका छन् । करण केसी महंगा सावित भए। उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए ।