नेभिगेशन
समाज विविध

चन्द्र भण्डारीलाई सोमबार भेन्टिलेटरबाट निकालिने

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीलाई सोमबार भेन्टिलेटरबाट निकालिने भएको छ । 

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएकाले सोमवार भेन्टिलेटरबाट निकालिने भएको हो । 

उनको फोक्सोले आफैं काम गर्न थालेको छ । अब कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमबार भेन्टिलेटर हटाइनेछ । हातको जलेको भागले काम गर्न थालेकाले अप्रेशन गर्न नपर्ने भएको साथमै मुम्बईमा रहेका माधव न्यौपानेले जनाएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता