Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप १२ अफ्रिकी चितुवा भारत ल्याइयो

आइतबार, फागुन ७, २०७९

नयाँ दिल्ली– दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ । 

भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।

यसअघि, पाँच महिना पहिले नामिबियाबाट ल्याइएका आठवटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो ।

योसँगै भारतमा अफ्रिकी चितुवाको कूल संख्या २० पुगेको छ । सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो ।

भारत सरकारको महत्वकांक्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुवात भएको हो । 
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्