नेभिगेशन
खेलकुद

जितसँगै रियल म्याड्रिडले बार्सिलोनासँगको दूरी घटायो

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको छ । 

शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनासँगको अंक दूरी घटाएको हो ।

एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक रहेको छ । गएरातिको जितसँगै रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । यसअघि ८ अंकले पछि रहेकोमा रियलले ३ अंकको दूरी घटाएको हो । 

रियलको जितमा फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले एक–एक गोल गरेका थिए ।

खेलको ७८ औं मिनेटमा भाल्भर्डेले तथा इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाएका हुन् ।

रियलसँग पराजित ओसासुना ३० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद