Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिबाट सजाय मिनाहा भएका सांसद चौधरी रिहा भए

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– राष्ट्रपतिबाट हालै सजाय मिनाहा भएका प्रतिनिधि सभाका सांसद अरुण चौधरी रिहा भएका छन् । 

कैलाली कारागारमा रहेका सांसद चौधरी आज बिहान रिहा भएका हुन् ।

कारागारबाट निस्किएपछि उनलाई उनको पार्टी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेता–कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका थिए।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई केही दिनअघि मात्रै सजाय मिनाहा गरिदिएकी थिइन् । त्यसपछि चौधरी रिहा भएका हुन् ।  

सरकारले चौधरीसहित विभिन्न ३ सय ९५ जनाको कैद सजाय मिनाहा गरेको थियो ।

सरकारले चौधरीसहित विभिन्न ३ सय ९५ जनाको कैद सजाय मिनाहा गरेको थियो । जसमध्ये, १५ जना कैलाली कारागारका थिए । ती सबैको कैद मिनाहा गरिएको हो ।

सांसद चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो । उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । 

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी अदालतको फरार सूचीमा थिए । उनी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरी फरार सूचीमा रहेका थिए । २०७० वैैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित परशुराम चौधरी र वीबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।  


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्