नेभिगेशन
अर्थ विविध

सुनको मूल्य प्रति तोला ७०० रुपैयाँले बढ्यो

काठमाडौँ –नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार 

छापावाल सुन तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्