Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र बैंकले भोलि ट्रेजरी बिल बोलकबोल गर्ने

आइतबार, फागुन ७, २०७९

काठमाडौँ –नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी ७ चैतमा, ९१ दिन अवधिको ट्रेजरी ९ जेठ २०८० मा र १८२ दिन अवधिको ट्रेजरी ५ भदौ २०८० मा परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ७ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्