Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । उनलाई आगामी ४ वर्षका लागि बैंकको सिइओ नियुक्त गरिएको हो।

गुरुङ यसअघि म्यानमार सिटिजन्स बैंकमा सिइओका रूपमा कार्यरत थिए । त्यसअघि उनले सिभिल बैंकको सफल नेतृत्व गरेका थिए ।

गुरुङसँगै प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, बद्री गुरागाई र विष्णुदेव यादव अन्तिम पाँचमा छनोट भएका थिए । शनिबार भएको अन्तर्वार्तामा गुरुङ प्रमुख कार्यकारी अधिकृतका लागि छानिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार