Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीभीएस एनटर्कले पाए २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड

आइतबार, फागुन ७, २०७९

काठमाडौँ –टीभीएस एनटर्क रेस एक्सपि सन् २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ ।

१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकामा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।

एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल  इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५,५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ वल्व सीभीटीआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघण्टा रहेको छ ।

एनटर्क १२५ रेस एक्सपीमा दुईटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टी लुक दिएको छ ।

२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डद्वारा सम्मनित हुन पाउँदा खुसी भएको जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले बताए ।
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्