‘नम्बरी सुन’को छायांकन अन्तिम चरणमा
काठमाडौँ –राजु गिरीको निर्देशनमा निर्माण भइरहेको ‘नम्बरी सुन’को छायांकन ९० प्रतिशत सकिएको छ । सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लम्जुङ्गकको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चलिरहेको छ ।
निर्माण टिमका अनुसार गुरुङ भाषाको छायांकास्थल भुजुङ्गमा पहिलो पटक नेपाली भाषा चलचित्र छायांकन गरिएको हो । ७० वर्ष पुरानो कथा भएकाले पनि लम्जुङ्गको भुजुङ्ग गाउँमै सिनेमा खिच्नु परेको सिनेमाका कथाकार तथा प्रस्तुतकर्ता नारायण खाती बताउँछन् । निर्देशक गिरी सिनेमाको कथाले नै पौराणिक गाउँ खोजेकाले पनि स्थान खोज्दै जाँदा भुजुङ्ग गाउँ पुगिएको उल्लेख गरे ।
नारायण खातीको कथा तथा प्रस्तुती रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, कलाकारहरूको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, विमर्श कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जिबन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता किरण नेपाली भिलेनको भूमिका निर्वाह गरेका छन् ।