Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिको निर्वाचन पछि देशले नयाँ कोर्स लिन्छ : माधव नेपाल

आइतबार, फागुन ७, २०७९

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन भन्ने निश्चित नभएको बताएका छन् ।

अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने अध्यक्ष नेपालले दाबी गर े। गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै यो लामो समय नटिक्ने नेपालले दाबी गरे ।

‘यो गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने तत्वहरू पनि छन् । संघीयता विरोधीहरू पनि छन् । अनि त्यहाँ वामपन्थीहरू पनि छन् । संविधान विरोधीहरु पनि छन्’, उनले भने, ‘संविधानका रक्षकहरू पनि छन् । यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो? काँग्रेस थियो संविधानको पक्षमा उभिने । वामपन्थीहरु थिए, गणतन्त्रको पक्षमा उभिने ।’

पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘कुन दिन यो गठबन्धन भत्किन्छ  ठेगान छैन ।’ 

उनले यो गठबन्धनको सरकार भत्केपछि कांग्रेसले र एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर चिन्ता सुरु भइसकेको बताए । उनले देशको राजनीतिले लिने कोर्स राष्ट्रपतिको चुनावबाट थाहा हुने पनि बताए ।

नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी देशका लागि घाँडो भएको टिप्पणी गरे ।

‘अहिले हामीले त्यहाँ देख्यौं । नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ अध्यक्ष नेपालले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो । पदबाट हटे ।’

रास्वपाका सभापति रवि लामिछानेप्रति इकिंत गर्दै नेपालले भने, ‘पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ । कुन दिन यो गठबन्धन भत्किने हो? ठेगान छैन ।’

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठकले ५ चैतमा हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिका विषयमा छलफल गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्