Nic Ad Nic Ad
Nic Ad Nic Ad

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको आज नागरिक अभिनन्दन गरिएको छ । 

पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आज कोषका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले अभिनन्नदन पत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा शङ्कराचार्य निश्चलानन्द सरस्वतीले कोषले प्रकाशन गरेको लिङ्ग पुराणको नेपाली अनुवादको पनि लोकार्पण गरे । पुराण पशुपतिनाथको पश्चिम मूलढोकास्थित कोषको बिक्री कक्षबाट बिक्री वितरण हुने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शङ्कराचार्य सरस्वतीले वैदिक सनातन धर्मको रक्षाका लागि आफू नेपाल आएको बताए । मानिस भौतिकतामा मात्र रुमलिँदा दुःखी भएकाले आध्यात्मिक साधना एवं अभ्यास गरेर खुसी हुन सक्ने बाटोको पनि अवलम्बन गर्न उनले भक्तजनलाई सुझाव दिए ।

फागुन ४ गते नेपाल आउनुभएका उनी सोमबार काठमाडौँबाट बनारस जाने शङ्कराचार्य मठले जनाएको छ ।

उनले आज बेलुकी नेपाल भारत मैत्री पशुपति धर्मशालामा भक्तजनको जिज्ञासाको जवाफ दिनुहने कार्यक्रम रहेको मठले जनाएको छ । उनले फागुन ५ गतेदेखि नै बेलुकी भक्तजनका जिज्ञासाको जवाफ दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्