Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनलाई समर्थन र रूसमाथि थप प्रतिबन्ध लगाउन जी–७ देश सहमत 

आइतबार, फागुन ७, २०७९

म्युनिख–सात राष्ट्रहरूको समूह (जी–७)का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । 

रुस–युक्रेन युद्ध शुरु भएको एक वर्ष पुग्न लागेको सन्दर्भमा विकसित देशहरूको समूहले सो निर्णय गरेको एनएचके वर्ल्ड न्युजले उल्लेख गरेको छ ।

जापानले शनिबार जर्मनीको म्युनिखमा जी–७ को बैठक आयोजना गरेको  छ ।  जुन बैठकमा अन्तरराष्ट्रिय सुरक्षा सम्मेलनका बीच यस किसिमको छलफल भएको छ । 

बैठकमा युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबालाई पनि निमन्त्रणा गरिएको थियो । ‘मैले जापानी विदेशमन्त्री हायासी योशिमासाको निमन्त्रणामा जी–७ मन्त्रीस्तरीय बैठकमा भाग लिएको थिएँ । हामीले सन् २०२३ मा युक्रेनको विजयका लागि आवश्यक सबै कुरामा ध्यान केन्द्रित गरेका थियौं। त्यहाँ हतियारहरूको द्रुत प्रसार र नयाँ प्रतिबन्धहरू हुनेछन् जसबाट रूसले हामी प्रतिवाद गर्न थाक्ने छैनौं भन्ने आक्रामकताको महसुस गर्नेछ ।’ दिमिट्रो कुलेबाले शनिबार ट्वीट गरेका छन् ।

विदेशमन्त्रीहरूले रुसलाई समर्थन गर्ने देशहरूलाई त्यसो नगर्न  समेत आग्रह गरेका छन्। प्रतिवेदनका अनुसार उनीहरूले युक्रेनमा नागरिक र प्रमुख पूर्वाधार सुविधाहरूमा निरन्तर आक्रमण गरेकामा रूसको निन्दा पनि गरेका छन्। उनीहरूले मस्कोलाई अन्तरराष्ट्रिय कानून बमोजिम जवाफदेही बनाउने पनि बताएका छन् ।

न्युजका अनुसार हयासीले प्योङयाङको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण प्रक्षेपणको अभूतपूर्व दरले जापानको सुरक्षा र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको लागि गम्भीर चुनौती खडा गरेको बताएका छन् ।

जापान यस वर्षको जी–७ को अध्यक्ष हो । जापानले मे महिनामा हिरोशिमामा जी–७ शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्