Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको गाजियाबादमा निर्माणाधीन भवन भत्कियो : २ जना मजदुरको मृत्यु, ८ घाइते

सोमबार, फागुन ८, २०७९

गाजियाबाद– भारतको आइतबार उत्तर प्रदेशको गाजियाबाद जिल्लाको लोनी सहरको रूपनगर क्षेत्रमा कारखानाको निर्माणाधीन भवनको सटर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार निर्माणाधीन भवनको लिन्टर भत्किँदा १० देखि १५ जना मजदुर काम गरिरहेका थिए । तीमध्ये दुई जनाको मृत्यु  छ ।

साथै, उक्त स्थलबाट हालसम्म १० जनालाई बाहिर निकालिएको छ भने आठ घाइते भएको पनि ग्रामीणका डिसिपी रवि कुमारले बताएका छन् ।

उनका अनुसार राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडिआरएफ) टोलीले तालिम प्राप्त कुकुर परिचालन गरी उद्धार कार्य जारी राखेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्