नेभिगेशन
विश्व

रुसी अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरमा खस्यो

भ्यादिभोस्टक– रुसको प्रोग्रेस एमएस– २१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)बाट अनडक गरेपछि अन्तरिक्ष यान आइतबार वायुमण्डलमा प्रवेश गरेको थियो ।  त्यसपछि जलेका अवशेषहरू प्रशान्त महासागरको गैर(नाभिगेसन भागमा खसेको बताइएको छ ।

उक्त कार्गो अन्तरिक्ष यान अक्टोबर सन् २०२२ अक्टोबरमा प्रक्षेपण गरिएको थियो जसले अन्तरिक्ष स्टेशनलाई २.५ टन भन्दा बढी आपूर्तिहरू प्रदान गरेको उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन