राष्ट्रपतिबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ– फागुनकाे अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न आज सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ ।
आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।
पछिल्लो समय माओवादी केन्द्र नेकपा (एमाले)लाई राष्ट्रपति नदिने मनस्थितिमा देखिन्छ । यसै परिपेक्षमा आइतबार साँझ नपाली कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
कांग्रेसले राष्ट्रपति सहयोग गर्न अनुरोध गरेपछि प्रचण्डले आज त्यसबारे पदाधिकारी बैठक बोलाएको एक माओवादी नेताले बताए।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ ०८:२२
प्रतिक्रिया दिनुहोस्