नेभिगेशन
समाज विविध

नेता भण्डारीको स्वास्थ्य सुधारोन्मुख

मंगलबारदेखि ट्रायलको रूपमा भेन्टिलेटर झिकिने

काठमाडौँ– खाना पकाउने ग्यास सिलिण्डर चुहावटपटि भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा चन्द्र भण्डारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

उनी उपचारत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरले आज बिहान ७ बजे दिएको जानकारी अनुसार मंगलबारदेखि ट्रायलको रूपमा भेन्टिलेटर झिकिने छ ।

नेता भण्डारीको प्लेटलेट बढेर १ लाख २० हजार  पुगेको तथा पिसाब सामान्य रहेको अस्पतालको भनाइ उदुत गर्दै नेता भण्डारीका सहयोगी गोगराज कँडेलले जानकारी दिएका छन् । 

नेता भण्डारीको भेन्टिलेटर-अक्सिजन सपोर्ट ६० मात्र रहेको बताइएको छ । स्वास्थ्यमा निरन्तर सुधार देखिएकाले अरु अवस्था सामान्य रहेको बताइएको छ ।

गत बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर चुहावट हुँदा नेता भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको बिहीबार नै निधन भइसकेको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता