Nic Ad Nic Ad
Nic Ad Nic Ad

कन्सट्रक्सन एक्स्पो ११ फागुनदेखि

सोमबार, फागुन ८, २०७९

काठमाडौँ –नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजीङ्ग एन्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एन्ड कन्सट्रकसन एक्स्पो  हुने भएको छ ।

प्रर्दशनी मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको छ । एक्स्पो ११ फागुनदेखि १४ फागुनसम्म हुनेछ ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरूका २०० भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर रहने छन् ।

साथै बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू रहने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्