‘छड्के– २’ फागुन १९ मा रिलिज हुने
काठमाडौंँ– नेपाली चलचित्र ‘छड्के–२’ रिलिजको संघारमा छ । फागुन १९ गते रिलिज हुने यस चलचित्रको मुख्य भूमिकामा अनमोल केसी छन् ।
निर्माण पक्षले दिएको जानकारीअनुसार ‘छड्के– २’ले ग्याङस्टारको कथा भन्छ । यसमा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङ गर तीनवटा ग्याङको कथा छ । जसका उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल हुन् ।
यी तीनवटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बुमा आफ्नो पकड जमाउँछ त्यो भने हेर्न भने फागुन १९ सम्म कुर्नुपर्ने भएको छ ।
यस चलचित्रमा मनाङको सुन्दर ठाउँ पठार देखिने निर्देशक निगम श्रेष्ठले बताए । चलचित्रकाे कथा पनि उनैले लेखेका हुन् ।
चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अली, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायत कलाकारको अभिनय छ ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचिमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।