राष्ट्रपति आउने भएपछि गाउँपालिकामा सार्वजनिक बिदा
पर्वत–जलजला गाउँपालिकामा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भपछि सार्वजनिक बिदा दिइएको छ ।
जलजला क्षेत्रको स्थलगत अवलोकन, बराह भगवानको दर्शन र कुल मन्दिर उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुधबार आउँदै छिन् । राष्ट्रपति आउने भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।
कार्यक्रमको व्यवस्थापनका लागि बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १२:२५
प्रतिक्रिया दिनुहोस्