Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिका बन्दुक हिंसा : हालसम्म ५ हजार ८ सयको मृत्यु

सोमबार, फागुन ८, २०७९

वासिङ्टन– आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ ।

बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त संख्या उल्लेख गरिएको छ । 

आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गएराति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो ।

गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैन भने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा ६ जनाको ज्यान गएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार