Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइसिसी विश्वकप लिग-२ : स्कटल्यान्डले नामिबियालाई दियो २२२ रनकाे लक्ष्य

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय शृंखला अन्तर्गत स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४८दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको छ । 

कीर्तिपुरमा भएको खेलमा नामिबियाले टस जितेर पहिला फिल्डिङ गरेको हो । स्कटल्याडले पहिलो ओभरमै विकेट गुमायो । पहिलो ओभरको तेस्राे बलमा स्कटल्याडका सुरुआती ब्याट्सम्यान केले कोइजर शून्य रनमा आउट भए ।

नेपाल सम्मिलित यो शृंखलमा नामिबिया सुरुआती ३ वटै खेलमा पराजित भएको छ । नामिबिया अन्तिम खेलमा स्कटल्यान्डलाई हराउन चाहन्छ ।

स्कटल्यान्ड नेपालसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्यान्डले  नामिबियालाई १० विकेटले हराएको थियो ।

७ देश सहभागी यो प्रतियोगितामा स्कटल्यान्ड ३४ खेलबाट ४८ अंक बटुलेर बिजेता बनिसकेको छ । नामिबिया ३३ खेलबाट ३६ अंक पाएर तेस्राे स्थानमा छ ।

त्यसैगरी ३६ खेलबाट ४४ अंकका साथ ओमान दोस्राे स्थानमा रहन सफल भएको छ । नेपाल २७ खेलबाट २४ अंक पाएर छैठौँ स्थानमा छ । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्