Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशको प्रतिनिधित्व गरेर विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्च जाने तयारीमा सन्दीप

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– उच्च अदालत पाटनको आदेशविरुद्ध नेपालका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् ।

देशको प्रतिनिधित्व गरेर विदेश जान पाउनुपर्ने र रिहा हुँदा धरौटी रकम धेरै तिर्नु परेकाले त्यो घटानुपर्ने माग गर्दै लामिछाने सर्वोच्च जान लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले सिएन नेपाललाई जानकारी लिए । 

लामिछानेलाई विदेश जान नपाउनेलगायत विभिन्न शर्त राखेर उच्च अदालतले गत पुस २९ मा रिहा गरेको थियो । 

अहिले काठमाडौँमा आइसिसी क्रिकेट विश्वकप लिग– २ चलिरहेको छ । उनले यसमा उच्च प्रदर्शन गरिरहेका छन् । क्रिकेट समर्थकहरू पनि लामिछानेलाई विदेश लैजानुपर्ने माग रहेको छ । 

लामिछानेमाथि नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् । सो मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । 

नेपाली क्रिकेट टोली युएई र पपुवा न्युगिनीविरुद्धक खेल खेल्न आगामी १३ गते दुबई जाँदैछ । यी दुवै टोलीसँगका खेल कम्तीमा एकदिवसीय मान्यता जोगाइराख्न नेपालका लागि महत्वपूर्ण छन् ।

अदालतले विदेश जान रोक लगाइरहेको अवस्था लामिछाने सो टोलीमा नहुने निश्चित छ । 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्