Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीमा कृषिमन्त्री अहिरले लिए शपथ

सोमबार, फागुन ८, २०७९

बुटवल –लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिरलाई मुख्यमन्त्री लिला गिरीले आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका थिए ।

बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाए ।

यसअघि २८ माघमा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् । नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्