नेभिगेशन
समाज विविध

त्रिभुवन विमानस्थलको सर्भर डाउन, उडानहरू प्रभावित

काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन भएको छ । 

सोमबार दिउँसो विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएको छ ।

समस्या समाधानका लागि अहिले प्राविधिक टोलि खटिएका छन् । सर्भर डाउन हुँदा अध्यागमनको डिपार्चर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू प्रभावित भएको छ ।

विमानस्थलको अध्यागमनमा सञ्चालित सफ्टवेयर सिंहदरबारकै भएकाले उता समस्या आउँदा यता पनि सोही समस्या देअिने गरेको विमानस्तलका अधिकारीहरू बताएका छन् ।

यसअघि माघ १५ गते प्रायः सबै सरकारी वेबसाइटहरू एकैपटक डाउन हुँदा विमानस्थल पनि प्रभावित भएको थियो । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरू समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता